नागरिक लगानी कोषको लिलामी शेयरको कट अफ प्राइस सार्वजनिक

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नागरिक लगानी कोषले लिलामीमा ल्याएको शेयरको बोलपत्र खुला गरिएको छ।

कोषले फागुन २१ गतेदेखि चैत २ गतेसम्म लिलामीमा ल्याएको शेयरको बोलपत्र शनिबार खोलेको हो।

कोषको शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार कोषको प्रारम्भिक कट अफ प्राइस ३ हजार ५०४ रुपैयाँ कायम भएको छ।

सबै आवेदनहरु भेरिफाइ नभइसकेकोले यसमा केहि परिवर्तन आउन सक्ने आरबिबि मर्चेन्टले जनाएको छ।

कोषको लिलामी शेयरका लागि ६ हजार ३५४ बोलपत्र आवेदन परेका छन्। जसमा सबैभन्दा धेरै एक व्यक्तिले ४ हजार ४४४ रुपैयाँ सम्म अधिकतम मूल्यो तोकि आवेदन दिएका छन्। भने न्युनतम सय रुपैंयासम्मका लागि आवेदन परेको हो। कटअप प्राइस भन्दा माथि ९६१ जनाको आवेदन परेको आरबीबी मर्चेन्टले जनाएको छ।

कोषले फागुन २१ गतेदेखि चैत २ गतेसम्म ३ लाख ५४ हजार १५० कित्ता अवितिरत हकप्रद शेयर लिलामीमा ल्याएको थियो।

बिक्री प्रबन्धकले लिलामीको सेयर हात नपारेका आवेदनकर्तालाई यसैहप्ता पैसा फिर्ता गर्ने छ।


प्रतिक्रिया दिनुहोस्