कुन देशको मुद्र साट्दा कति आउँछ नेपाली रुपैयाँ ?

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


विदेशी मुद्रोको खरिद बिक्री गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने दर भाउ थाहा पाएर बैंक वा सटही केन्द्र जानुहोस् । कति रकम साट्दा कति रुपैयाँ प्राप्त हुन्छ वा कति रुपैयाँ चाहिन्छ भन्ने जानकारी लिएर बैंक वा सटही केन्द्र पुग्नु भयो भने सहज हुन्छ ।

नेपाल राष्ट्र बैंकले आइतबारको लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ ।

यसैगरी बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ९ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९२ पैसा रहेको छ ।

युरो एकको खरिददर १३७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ रुपैयाँ ९५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ८९ दशमलव ६७ र विक्रीदर ९० रुपैयाँ १४ पैसा रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्