होशियार ! सबैमाथि ‘खड्ग’ चलाउँदै नेपालमा‘हिटलर’को उदय हुँदैछः डा.भट्टराई

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले नेपालमा हिटलरको उदय भइरहेको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीप्रति इंगित गर्दै समाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले होशियार रहन आग्रह गरेका छन् ।

हिट्लरबारे चर्चित भनाइ उल्लेख गर्दै उनले लेखेका छन- ‘हिट्लरबारे चर्चित भनाइ छ-‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनॅ;…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बाॅकी थिएन!’नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ!उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ!होशियार!’


प्रतिक्रिया दिनुहोस्