बार्यन म्युनिखको शानदार जित

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । जर्मन बुण्डेसलिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले भिएफबी स्टुट्गार्टमाथि ४-० को गोल अन्तरले जित दर्ता गरेको छ ।

बार्यनका लागि रोबर्ट लेवान्डोस्कीले १७, २३ र ३९ औँ मिनेटमा गोल गरि ह्याट्रिक पूरा गरे । यस्तै २२ औँ मिनेटमा सर्गेइ ग्नाब्रीले गोल गरे । जितपछि शीर्ष स्थानको बार्यन म्युनिखको २६ खेलबाट ६१ अंक भएको छ ।


प्रतिक्रिया दिनुहोस्