भीम रावलले आक्रोश व्यक्त गर्दै उल्टै ओलीसँग मागे स्पष्टीकरण

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोध्ने निर्णय गरेकोप्रति आपत्ति जनाएका छन्।

आज बालुवाटारमा बसेको संसदीय दलको बैठकले नेता माधवकुमार नेपाल सहित नेताहरु घनश्यामभुसाल, भीम रावल लगायतसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।

सो निर्णयप्रति आपत्ति जनाउँदै नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अबैध छ।यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो’।

यस्तो छ नेता रावलको धारणा :


प्रतिक्रिया दिनुहोस्