मुक्का हान्ने युवकमाथि चिनियाँ बृद्धाले अस्पताल भर्ना हुनेगरि प्रतिकार गरिन् (भिडियो)

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । अमेरिकामा एसियन मुलका मानिसहरुमाथि आक्रमण बढ्दो छ।

अमेरिकीहरुको नश्लीय चिन्तनका कारण एसियनहरु आक्रमणको सिकार बन्ने गरेका छन्।

कोरोना भाइरस विश्वभर फैलिएपछि पश्चिमा देशहरुमा चिनियाँ नागरिकहरुमाथि बढी आक्रमण भए। चिनियाँ नागरिकलाई भाइरस फैलाउने भन्दै आक्रमण भएका घटना सार्वजनिक भएका थिए।

पछिल्लो समयमा पनि यस्ता घटना बाहिरिनेक्रम रोकिएको छैन। फेरि अमेरिकामा एउटा अप्रिय घटना भएको छ।

अमेरिकी राज्य सान फ्रान्सिस्कोमा बाटोमा सडक पार गर्न लागेकी महिलामाथि एक अमेरिकी युवकले दुर्व्यवहार गरेका हुन।

प्रत्यक्षदर्शीका अनुसार ती ३९ वर्षका पुरुषले ७६ वर्षकी वृद्धालाई ‘चाइनिज’ भन्दै मुक्का प्रहार गरेका थिए।

युवकको प्रहारबाट ती वृद्धाको आँखामा गम्भीर चोट लागेको छ। मुम्का हानेपछि ती वृद्धाले युवकमाथि लाठ्ठी प्रहार गर्दै प्रतिकार गरेकी छन्।

अन्ततः ती पुरुष पनि घाइते भए। गम्भीर रुपमा घाइते भएका उनलाई अस्पताल नै लैजान परेको थियो।

ती चिनियाँ महिलाको साहसको चिनियाँ सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्