एमाले वरिष्ठ नेता खनालको मृगौलामा समस्या

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा समस्या आएको छ।

उनको मिर्गौलामा समस्या देखिएको हो। पारिवारिक स्रोतका अनुसार खनाललाई चितित्सकले तीन महिनाभित्र प्रत्यारोपण गर्न वा डायलाइसिस गर्न सुझाव दिएको दिएको छ।

वरिष्ठ नेता खनालको मृगौला प्रत्यारोपणको आवश्यक तयारी थालिएको छ।

उनको स्वास्थ्यमा समस्या आएपछि गत माघमा नेता खनाल उपचारका लागि नयाँ दिल्ली पुगेका थिए।

नयाँ दिल्लीको एपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा उनको मिर्गौलामा गम्भिर समस्या देखिएको थियो।

पार्टीका शिर्ष नेताहरूलाई यस विषयमा खनालले जानकारी गराएका छन्।


प्रतिक्रिया दिनुहोस्