प्रधानमन्त्री ओली नेतृ झाँक्रीमाथिको कारवाहीबाट पछि हटे

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधिने नेताहरुको सूचिबाट युवा नेतृ रामकुमारी झाँक्रीको नाम हटाएका छन्।

एक नेताका अनुसार स्पष्टीकरण सोधिने नेताहरुको सूचिमा उनको नाम भएपनि ओलीले पछि रोकेका हुन्।

यसअघि माधवन नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल तथा रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोध्ने निर्णय भएको थियो। बैठकमा ओलीलाई केन्द्रीय सदस्यहरुले नेत्री झाँक्री केन्द्रीय सदस्यमात्रै भएको र कारबाहीका लागि उनको हैसियत नपुग्ने भन्दै उनको नाम हटाउन सुझाब दिएका थिए।

ओलीले झाँक्रीलाई स्पष्टीकरण नै सोध्नुपर्ने गरी उनको ‘तौल’ नपुगेको भन्दै बाँकी सदस्यहरुलाई कन्भिन्स गराएपछि उनलाई स्पष्टीकरण सोध्ने प्रारम्भिक निर्णय परिवर्तन गरेका हुन।

नेतृ झाँक्री एमालेमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको कडा आलोचक मानिन्छिन्। यी दुवैजनालाई जोडेको भन्दै यसअघि उनी प्रहरी हिरासतमा समेत पुगेकी थिइन्।

यस्तै, प्रधानमन्त्री अ‍ोलीले कारवाहीको सूचीमा नेताहरु झलनाथ खनाल र योगेश भट्टराईको नाम पनि राखेका छैनन्।

 


प्रतिक्रिया दिनुहोस्