एमालेले बैशाख ९ गते पार्टी कार्यालय शिलान्यास गर्ने

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार


काठमाडौं । नेकपा एमालेले बैशाख ९ गतेको दिन मदननगर बल्खुमा पार्टी कार्यालयको शिलान्यास गर्ने भएको छ।

पार्टीको बालुवाटारमा जारी केन्द्रीय समिति वैठकले सो निर्णय गरेको हो।

पार्टी कार्यालयको शिलान्यासको व्यवस्थापन महासचिव ईश्वर पोखरेलको नेतृत्वमा सचिवालयले गर्ने भएको छ।

वैठकले पार्टीको स्थायी कमिटीको पुनर्गठनका लागि अध्यक्ष र महासचिवलाई जिम्मेवारी दिएको हो।


प्रतिक्रिया दिनुहोस्