भक्तपुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

आज दिउसो सूर्यविनायक नगरपालिका १० चितापोलस्थित भित्री सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बसेकी महिलाको ज्यान गएको हो।

नलिन्चोकबाट चितापोल जाँदै गरेको बा ४ ख ९८१० नम्बरको टिपरले मे.८ प ८३९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा सोलुखुम्बु दुधकुण्ड गाउँपालिका-११ घर भई हाल काठमाडौं हात्तीगौडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्की रहेकी छन्।

चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्