अन्नपूर्ण र धौलागिरी हिमाल चढ्न लागेकी आरोही शेर्पालाई प्रधानमन्त्रीले गरे बिदाई

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


प्रधानमन्त्री केपी शर्मा ओलीले अन्नपूर्ण तथा धौलागिरी हिमाल आरोहण गर्न जान लागेकी आरोही माया शेर्पालाई राष्ट्रिय झन्डासहित विदाइ गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार झण्डा हस्तान्तरण गर्दै उनले सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना पनि दिए।

यसका साथै आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझाव समेत दिए।

सन् २००३ देखि हिमाल आरोहण सुरु गरेकी शेर्पाले विश्वका आठहजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छिन्।

यसमध्ये पाँच हिमालको आरोहण गरिसकेकी छिन्।

शेर्पाले यसअघि तीन पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस्