संसदीय दलको बैठकमा अध्यक्ष ओलीले गरे वामदेवको स्वागत

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमलाई पार्टीको वैठकमा स्वागत गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले उपाध्यक्ष गौतमलाई स्वागत गरेका हुन।

नेकपा एमाले ब्युँतिएपछि पहिलोपटक गौतम एमालेको बैठकमा सहभागी भएका हुन। नेकपामा विभाजन देखेपछि उनले एकता अभियान सञ्चालन गर्दै आएका थिए।

आजको बैठकमा सहभागी भएका गौतमलाई स्वागत गर्दै ओलीले भने-‘अराजक र गुटबाजहरूलाई समेटेर पार्टी एकता गर्न निकै लाग्नु भयो। सायद थाक्नु भयो। अब ढुक्क भएर यो अन्दोलन बलियो बनाउन लाग्नुस्।’

नेता गौतमले सर्वोच्च अदालतले नेकपा एमालेलाई ब्यूँताएपछि आफू खुसी भएको बताए।

उनले भने, ‘अदालतले एमालेलाई ब्यूँताएपछि खुशी लागेको छ। अब पार्टीलाई एक बनाउन लाग्छु।’

‘पार्टी एकताको पक्षमा लाग्छु,तपाईहरुले पनि साथ दिनुहोस्’ उनले अगाडी भने, ‘पार्टीलाई विधि र पद्धती अनुसार अगाडि बढाउनुपर्छ। त्यसैले अब पार्टीको निर्णय मानेर अगाडि बढ्छु।’

 


प्रतिक्रिया दिनुहोस्