विजय लामाको प्रश्न-फेरि लोडसेडिङ हुन थालिसक्यो, हामी चुप लागेरै बस्ने?

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । पछिल्लो समय बिजुली आउने जानेक्रम बढेको छ। काठमाडौं उपत्यकाका धेरै क्षेत्रमा घण्टौँ बिजुली जाने समस्या देखा पर्न थालेको छ।

लामो समय बिजुली जानुको कारणबारे नेपाल विद्युत प्राधिकरणले पूर्व जानकारी गराउनुपर्ने हुन्छ। तर, बिना सूचना बिजुली जान थालेपछि विभिन्न आशंका उत्पन्न भएका छन्। यो समस्या काठमाडौंका धेरै ठाँउमा देखिन थालेको छ।

प्राधिकरणले कहिले ट्रान्समिटरको समस्या त कहिल्यै सुख्खा याम भएकोले पानीको सतह घटेको जस्ता कारण दिने गरेको छ।

बिजुली गएपछि मानिसहरूले उही पुरानै दिन र लोडसेडिङ सम्झिने गर्छन्। ती प्रतिक्रियाहरू सामाजिक सञ्जालमा प्रशस्तै भेटिने गरेका छन्।

देशलाई लोडसेडिङको ठूलो समस्याबाट मुक्त गर्ने श्रेय प्राधिकरणका पूर्व कार्यकारी निर्देशन कुलमान घिसिङलाई जान्छ। उनी हालै त्यहाँबाट बिदा भएका छन्। धेरैका लागि असम्भव रहेको लोडसेडिङमुक्त देश उनले वास्तवमै उदाहरणीय काम असम्भव भन्ने अधिकारीहरूलाई मुखभरिको जवाफ दिएका थिए। सरकारी अधिकारीहरूले उनी बिदा भएपछि अब बिजुली जाने समस्या नहुने दाबीगर्दै आएका छन्। तर, पछिल्लो समय बिजुली जाने समस्या देखा पर्न थालेको छ।

चर्चित पाइलट विजय लामा पनि पछिल्लो समय अघोषित लोडसेडिङको मारमा परेका रहेछन्। सामाजिक सञ्जालमा उनले आफ्नो धारणा यसरी राखेका छन्।

”फेरि लोड शेड्डिङ सुरु हुन थालिसक्यो। बिस्तारै समय अवधि बढाउदै जाँदै छ! कारण देखाउदा सुख्खा याम भएकोले पानीको सतह घटेर भन्ने गर्छन बिद्युत् प्राधिकरणको हाकिम साबले!!!

के कुलमान घिसिङको पालामा चाहिँ सुख्खा याम लागेन अनि पानी टना टन हुन्थ्यो हो? प्रकृति अनि भाग्यले मात्र साथ दिएको हो त कुलमानलाई???

केही समय पछि फेरि इन्भर्टर (Inverter) अनि जेनरेटर माफियाहरु सल्बलाएर आउदैनन अनि जनतालाई पुरानै ठाउमा पराउँदैन भन्न सकिन्न!!! यही चालाले पुर्याउनु समय लाग्दैन।

जनता भनेको के हो बुझ्नै गाह्रो भैसक्यो कारण जे पनि चुप लागेर सहने???

हुन त के नै गर्न या बोल्न सकिन्छ जुन देशमा शीर्ष नेताहरूलाई झगडा गर्नमा नै फुर्सद छैन!! झै झगडा गर्न रोकेर देश विकासका काम कुरा पो गर्ने कि??

जय चन्द्र सुर्य!!!’

फेरि लोड शेड्डिङ सुरु हुन थालिसक्यो। बिस्तारै समय अवधी बडाउदै जाँदै छ! कारण देखाउदा सुख्खा याम भएकोले पानीको सतह घटेर…

Posted by Vijay Lama on Friday, March 19, 2021


प्रतिक्रिया दिनुहोस्