नेपाल पक्षमा लागेका नेताहरुसँग स्पष्टीकरण सोध्ने एमालेको निर्णय

प्रकाशित मिति : असार १, २०७८ मंगलबार


काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीको गुटगत भेला गर्ने माधव नेपालसहितका नेताहरूमाथि कारवाही प्रकिया अघि बढाउने निर्णय गरेको छ।

आजको बैठकले सो पक्षका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता महेश बस्नेतले जानकारी दिए।

यो निर्णयसँगै माधव पक्षमाथि कारबाहीको प्रक्रिया अघि बढेको हो।

शनिबार बालुवाटारमा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले यो निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्