नेपाल पक्षका सांसद कृष्णभक्त पोखरेल ओली समूहमा फर्के

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । माधव नेपाल पक्षका सांसद कृष्णभक्त पोखरेल ओली समूहमा फर्किएका छन्।

आज संसदीय दलको बैठकमा उपस्थित भएर उनले केपी ओली नेतृत्वको मूलधारमा लागेको घोषणा गरेका हुन।

दलको बैठकमा बोल्दै पोखरेलले फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा आफू पनि रहेको भन्दै गौरवशाली पार्टी एमाले,जबज र सूर्य चिन्ह पाएपछि आफू केपी ओलीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर आएको बताए ।

उनले भने-‘छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो । म अब मूलधारमा लागेँ,यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ। मेरो गुरु सुवास नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो। अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु।’

चितवनबाट निर्वाचित सांसद पोखरेल कानुन व्यवसायी पनि हुन् । उनी नेकपा विभाजनको बेला प्रचण्ड माधव पक्षको प्रतिनिधिका रुपमा अदालत र निर्वाचन आयोगमा जाने गरेका थिए।


प्रतिक्रिया दिनुहोस्