जसपा अध्यक्ष ठाकुरलाई भेट्न उनकै निवासमा पुगे माओवादी नेता

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । सत्ता गठवन्धनका विषयमा जनता समाजवादी पार्टी (जसपा)ले माओवादी केन्द्रसँग छलफल गरेको छ

माओवादी केन्द्रका तर्फबाट बर्षमान पुन जसपा नेता महन्त ठाकुरलाई भेट्न उनकै निवास पुगेका थिए ।

प्रचण्डका दूत बनेर कौशलटारस्थित ठाकुरको घरमै पुगेका पुनले सत्ता समिकरणबाट कुरा राखेका थिए ।

पुनले ठाकुरसँग उनीहरूका मागका विषयमा कुरा राखेका थिए । तर ठाकुरले स्पष्ट जवाफ नदिएको स्रोतले जानकारी दियो ।

ठाकुरले अरूभन्दा केपी ओलीसँग केही सहज हुने संकेत दिएको स्रोतको भनाइ छ ।

जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेर ओली सरकारमै सहभागी हुनुपर्ने पक्षमा देखिएका छन् । तर, जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली इतरको सरकारमा सहभागी हुनुपर्ने अडानमा रहेको छ । जसपामा दुई पक्षको फरक फरक अडानका कारण उसले कुनै निर्णय लिन सकिरहेको छैन ।


प्रतिक्रिया दिनुहोस्