एमाले संसदीय दलको बैठक, वामदेव गौतम पनि सहभागी

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) संसदीय दलको बैठक शुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा वामदेव गौतम पनि सहभागी भएका छन् ।

पुस ५ गते प्रतिनिधिसभा विघटनपछि तत्कालीन नेकपा र पुनःस्थाापित नेकपा एमालेका दुवै पक्षका बैठक भेलामा सहभागी नभएका गौतम पहिलो पटक ओलीले आव्हान गरेको बैठकमा गएका हुन् ।

गौतम पत्नी तुलसा भने यसअघिनै संसदीय दलको बैठकमा भाग लिइसकेकी छन् । दलको बैठक लगत्तै बस्ने केन्द्रीय कमिटी बैठकमा पनि गौतम सहभागी हुने जनाइएको छ ।

एमालेका वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपाल पक्षले भने बैठक बहिष्कार गरेको छ ।


प्रतिक्रिया दिनुहोस्