ओलीले आज गुटको बैठक बोलाएका हुन्, हामी जाँदैनौं- झलनाथ खनाल

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष केपी शर्मा ओलीले आज (शनिबार)का लागि बोलाएको पार्टी संसदीय दल तथा केन्द्रीय समितिको बैठकलाई गुट मात्रको बैठक भेनका छन् ।

नेता खनालले आफू त्यस्तो (गुट) बैठकमा नजाने समेत स्पष्ट पारेका छन् । नेता खनालको सचिवालयबाट शनिबार जारी गरिएको वक्तव्यमा अध्यक्ष ओलीले एकलौटी बैठक राखेर गरिएका निणर्यहरु पार्टी विधान विपरीत रहेको पनि बताइएको छ ।

सर्वोच्च अदालतले नेकपा नाम विवादमा फागुन २३ गते गरेको फैसलालाई आफूहरुले राजनीतिक फैसलाको रुपमा लिएको उल्लेख गर्दै नेता खनालले अदालतको फैसला पछि ब्यूँतिएको पार्टी विधानअनुसार चल्नुपर्ने बताएका छन् ।

‘एमाले पुनःस्थापित हुनुको अर्थ २०७५ जेठ ३ गते अघिको कमिटी क्रियाशील हुनु हो । तर अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते एकलौटी बैठक राखेर गरिएका निणर्यहरू पार्टी विधान विपरित छन् । यो निणर्य बदर नहुँदै फेरि संसदीय दलको बैठक राखेर बोर्ड गठन गरेको भन्ने सुन्नमा आएको छ’, खनालको सचिवालयदवारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेकपा (एमाले)को दलको विधान नभएको अवस्थामा बोर्ड गठन भन्ने कुरा अबैधानिक छ।दलका सदस्यहरूलाई बैठकमा नबोलाउने, निषेध गर्ने, दुराग्रहप्रेरित ढङ्गले चल्ने, सदस्यहरूलाई उपस्थित नै नगराउने र फेरि बोर्डमा राखिएको भन्ने हल्ला पिटाउने कार्य गलत छ । हामीलाई आजसम्म पनि बोर्ड गठन गरिएको बारेमा आधिकारिक सूचना र जानकारी आएको छैन ।’

खनालका स्वकीय सचिव कृष्ण भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘आजको बैठकमा माननीय झलनाथ खनाल सहभागी नहुने कुरा सबैलाई जानकारी गराइन्छ । र गूटगत निणर्य पनि अमान्य हुने कुरा सबैमा सूचित गरिन्छ ।’

एमाले अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता ओलीले आज (शनिबार) संसदीय दल र पार्टी केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

तर, खनाल-नेपाल पक्षले भने ओलीले बोलाएका दुवै बैठकमा नजाने निणर्य लिएको छ ।

खनाल-नेपाल समूहको शुक्रबार बसेको स्थायी समिति बैठकले ओलीले शनिबारका लागि बोलाएका संसदीय दल र केन्द्रीय समिति बैठकमा नजाने निणर्य गरेको हो ।


प्रतिक्रिया दिनुहोस्