काठमाडौंका विभिन्न स्थानमा आज बिहान ८ देखि दिउँसो ४ बजेसम्म बिजुली काटिने

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत कटौती हुने जानकारी दिएको छ ।

काठमाडौंका विभिन्न स्थानमा आज बिहान १० देखि दिउँसो २ बजेसम्म बत्ति काटिनेसडक विस्तारलगायतका कारणले शनिबार राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने प्राधिकरले जानकारी दिएको हो ।

प्राधिकरणको बानेश्वर वितरण केन्द्रअन्तर्ग पर्ने कोटेश्वर महादेव मन्दिर, कोटेश्वर चोक, जडीबुटीचोकबाट मनोहरा महादेव मन्दिर हुँदै लालीगुराँस स्कूल, सिसिआरसी कलेज, सूर्यकोट गेटसम्मको स्थानमा बिजुली कटौती हुने छ ।

यो क्षेत्रमा शनिबार बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको सूचनामा उल्लेख छ ।

सडक विस्तारका लागि ११ केभी भूमिगत तार राख्ने कार्यका लागि लाइन काटिन लागेको प्राधिरकणले जनाएको छ ।

यस्तै, सोही फिडरको बत्तिसपुतली क्षेत्रमा बिजुली कटौती हुनेछ । बिहान ८ बजेदेखि अपरान्ह् ४ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणको भनाइ छ ।

पशुपति कलेज, मित्रपार्क, जयवागेश्वरी, मुसे गणेश, गौशाला, तिलगंगा, शारदा स्कूल, सूचना विभागलगायतका क्षेत्रमा लाइन मर्मत गर्न लागिएकाले लाइन काटिन लागेको प्राधिरकणको सूचना छ ।

प्राधिकरणका अनुसार शनिवार देशका विभिन्न स्थानमा लाइन मर्मत गर्न बिजुली कटौती गर्न लागिएको छ । लाइन कटौती भएका कारण ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ ।


प्रतिक्रिया दिनुहोस्