कप्तान श्रेष्ठ सहित ८ खेलाडी सर्वाधिक मूल्यमा विक्री

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद सागमा फुटबलबाट स्वर्ण पदक दिलाएका कप्तान सुजल श्रेष्ठ सहित ८ खेलाडी नेपाल सुपर लिगमा सर्वाधिक मूल्यमा विक्री भएका छन्।

शुक्रबार भएको अक्सनमा सुजल सहिज तेज तामाङ, सुनिल वल, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट र विशाल सुनुवार सर्वाधिक महँगो मूल्यमा विभिन्न क्लबमा अनुबन्ध भएका हुन्।

मिडफिल्डर सुजल र गोलकिपर दीप पोखरा थन्डर्स अनुबन्धित हुँदा डिफेन्डर विकास खवास र गोलकिपर विशाल एफसी चितवनमा, तेज काठमाडौं रेजर्समा अनुबन्धित भएका हुन् । यस्तै डिफेन्डर दिनेश धनगढी एफसी र मिडफिल्डर एरिक विष्ट ललितपुर सिटीले महगो मूल्यमा भित्रयाएको हो । ए श्रेणीमा रहेका उनीहरुलाई क्लबले २ लाखमा अनुबन्ध गरेको हो।

यस्तै ए श्रेणीमा रहेका राष्ट्रिय टोलीका मिडफिल्ड रविशंकर पासवान सहित विराज महर्जन, जर्ज प्रिन्स कार्की, छिरिङ गुरुङ, हेमन्त थापा मगर, सुबास गुरुङ, दिलेन लोक्तानलाई कुनै पनि टोलीले लिएनन।

नेपाल इभेन्ट्स प्रालिको आयोजना हुन लागेको नेपाल सुपर लिगका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले अक्सनका लागि १ सय ४९ जना खेलाडीलाई विभिन्न श्रेणीमा बर्गीकरण गरेको थियो । जसमा ए मा २८, बीमा ६३ र सी मा ५८ खेलाडी रहेका थिए।

नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगितामा विभिन्न ७ सहरका टोलीले सहभागिता जनाउँदै छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदै छ।


प्रतिक्रिया दिनुहोस्