काठमाडौं । अमेरिकामा एक साता नबित्दै फेरि अर्का नेपालीमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ।
नेपाली लिफ्ट ड्राइभर आषिस सापकोटालाई एक युवकले हातपात गरेका हुन।
नेपालको बागलुङ भएका ३० वर्षिय लिफ्ट चालक सापकोटा मंगलबार साँझ न्युयोर्को क्विन्समा दुई जना यात्रुलाई पिकअप गरेर क्विन्सको जमैकातर्फ जाँदै गर्दा आक्रमणमा परेका हुन।
खसोखासका अनुसार उनको गाडीमा एकजना पुरुष र एकजना महिला सवार थिए।
झगडा गर्दै पुरुषले महिलालाई कुटपिट गर्न थालेपछि असुरक्षित महशुस गरेर उनले प्रहरीलाई कल गरी बोलाएका थिए।
लगत्तै पुरुष यात्रुले फोन खोसेर सापकोटामाथि आक्रमण गरेका हुन्। ती यात्रुले चालकमाथि कुटपिट गरेका छन्।
त्यसपछि एम्बुलेन्समार्फत सापकोटालाई न्युयोर्कस्थित जमैका अस्पताल लगिएको थियो। उनको मुख र कानमा चोट लागेको छ।
Nepali Lyft driver Ashish Sapkota assaulted by unmasked rider in Queens, NYC. 03-16-2021, 7:39 PM EST pic.twitter.com/nqamzRM8Ac
— Kishor Panthi (@KishorPanthi) March 17, 2021
अमेरिकाको सानफ्रान्सिस्कोमा गत आइतबार मात्रै नेपाली उबर चालक शुभाकर खड्काकामाथि महिला यात्रुहरुले आक्रमण गरेका थिए।
सो घटना नसेलाउँदै फेरि अर्का नेपाली चालकमाथि आक्रमण भएको हो।