भोलिको ओली पक्षको बैठक नेपाल पक्षले बहिष्कार गर्ने

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको माधव नेपाल पक्षले केपी शर्मा ओली पक्षले भोलिका लागि बोलाएको केन्द्रीय कमिटी र संसदीय दलका दुवै बैठक बहिस्कार गर्ने निर्णय गरेको छ।

शुक्रबार बानेश्वरमा बसेको माधव नेपाल पक्षीय स्थायी कमिटीको बैठकले दुवै बैठकमा सहभागी नहुने निर्णय गरेको हो ।

विगतमा संसदीय दलको बैठक दलको कार्यालय सिंहदरबार वा संसद् भवन बानेश्वरमा बस्दै आएकोमा यस पटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय गरिएको एक नेताले बताए।

त्यस्तै शनिबारै बस्ने केन्द्रीय कमिटी बैठकमा पनि भाग नलिने निर्णयमा नेपाल पक्ष यथावत रहेको छ।

अध्यक्ष केपी शर्मा ओलीले शनिबारको बैठकमा सहभागी हुन सार्वजनिक रूपमा समेत आह्वान गरेका छन्।


प्रतिक्रिया दिनुहोस्