२३५ जना उद्योगी-व्यवसायी एमालेमा प्रवेश

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । २३५ जना उद्योगी व्यवसायी सामूहिक रुपमा नेकपा एमालेमा प्रवेश गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा २३५ जना उद्योगी व्यवसायीहरु एमालेमा प्रवेश गर्न लागेका हुन।

विभिन्न उद्योगी व्यवसायीहरुसँग प्रधानमन्त्री केपी शर्मा ओलीले नीजि क्षेत्रका समस्या र समाधानबारे छलफलको आयोजना गरेका हुन।

कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्रसँगका समस्या समाधान गर्न आफू तयार र आफ्ना तर्फबाट गर्नुपर्ने सहयोगका लागि तयार रहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस्