माधव नेपाल पक्षले बोलायो युवा भेला, नयाँ नेतृत्व चयन गर्ने

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले चैत्र ७ गते राष्ट्रिय कार्यकर्ताको भेला गर्ने भएको छ।

युवा संघले शुक्रबार रिपोर्टर्स क्बल नेपालमा पत्रकार सम्मेलन गर्दै चैत्र ७ गते भोली राष्ट्रिय सभागृहमा हुने राष्ट्रिय भेलालाई पार्टीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने जानकारी दिएको हो।

कार्यक्रममा बोल्दै राष्ट्रिय कार्यकर्ता भेला आयोजक कमिटीका संयोजक नरेश शाहीले चैत्र ७ गते आयोजना गर्ने ‘राष्ट्रिय भेला’ को सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए।

उनले भने, ‘देशमा विकसित भएको राजनितिक घटनाक्रमले युवा आन्दोलनलाई पुनर्गठित गर्नुपर्ने आवश्यकता देखिएको छ।’

शाहीले सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको एकतालाई खारेज गरेपछि पार्टी र पार्टीका भातृसंगठनका कमिटीहरुमा त्यसको प्रभाव परेको बताए । अदालतको निर्णयले पाटी र भातृसंगठनलाई ३ जेठ २०७५ भन्दा अगाडी पुर्याएको उनको ठहर थियो।

उनले पछिल्लो परिवर्तित अवस्थामा युवा संघलाई पुनर्गठन र सृदृढिकरण गर्नुपर्ने आवश्यकतालाई बोध गर्दै युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्न लागेको बताए।

भोली हुने भेलामा केन्द्रिय कमिटी सदस्य, निकायका सदस्य, विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुख लगायतको पदाधिकारीहरुको सहभागिता हुने संघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्