सप्तकोशी नदीको ढुंगा नहटाऔं : योगेश भट्टराई

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले सप्तकोशीमा रहेको ढुंगा नहटाउन सरकारलाई आग्रह गरेका छन्।

सो ढुंगा धार्मिक आस्थासँग गासिएकाले यसलाई पयर्टनको रुपमा विकास गरिनुपर्ने नेता भट्टराईको भनाई छ।

सरकारले सप्तकोशीमा जेटबोट चलाउन नदीबीचमा रहेको ढुंगा (खुवालुङ) फुटाउने घोषणा गरेपछि यसको विवाद केही सातादेखि चर्किएको छ। स्थानीयहरुले विरोध जनाउँदै आएका छन्।

नेता भट्टराईले सामाजिक सञ्जालमा आफ्नो धारणा यसरी लेखेका छन्, ‘सप्तकोशी नदीमा रहेको खुवालुङ ढुङ्गा किराँत समुदायको ईतिहास र सन्स्कृतिसँग अभिन्न रुपमा गासिएको छ। यसलाई थप संरक्षण गरी आन्तरिक पर्यटनको बिकास गरौ। नहटाउं, ईतिहास र सन्स्कृतिप्रति सम्मान प्रकट गरौ।’


प्रतिक्रिया दिनुहोस्