दक्षिणकाली भेटिएको दुई शवको पहिचान खुल्यो, दुवै साथी

प्रकाशित मिति : जेष्ठ २९, २०७८ शनिबार


काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाअन्तर्गतको चाल्नाखेलमा शुक्रबार बिहान भेटिएको दुई युवाको शवको पहिचान खुलेको छ ।

उनीहरु काभ्रेका मङ्गल तामाङ र सिन्धुपाल्चोकका अर्जुन खड्का भएको काठमाडौं प्रहरी प्रवक्ता रमेश बस्नेतले जानकारी दिए । उनीहरु साथीसाथी हुन् । दुवै जना काठमाडौँको बाङ्गेमुडामा बस्दै आएका थिए ।

अर्जुनका दाइले भाइको शव सनाखत गरेपछि अर्का युवकको पनि पहिचान खुलेको हो । उनीहरु दुवै जना १६/१७ वर्षका हुन् ।

प्रहरी उपरीक्षक बस्नेतले घटनास्थलमा विषको बोतल पनि फेला परेको जानकारी दिए । बिहीबारदेखि अर्जुन सम्पर्कबिहिन भएको आफन्तको भनाइ रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्