ओलीले बोलाएको बैठकमा वामदेव जाने

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमप्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको केन्द्रीय समितिको बैठकमा जाने भएका छन् ।

अखिल नेपाल किसान महासंघको भेलालाई शुक्रबार सम्बोधनका क्रममा गौतमले भोलि प्रधानमन्त्रीले बोलाएको पार्टीको केन्द्रीय समितिको बैठककमा आफू उपस्थित हुने भन्दै अन्य खनाल-नेपाल समूहका नेतालाई पनि सहभागी हुन आग्रह गरेका छन् ।

‘भोलिको बैठकमा सबै जाऔं। म पनि जान्छु। त्यहीँ गएर ओलीविरूद्ध लडौं, पार्टीमा सबैले गुटबन्दी बन्द गरौं। नेकपा फुट्यो, यस्तै ताल हो भने एमाले पनि फुट्छ। त्यसकारण हामीले यसलाई जोगाउनुपर्छ’, उनले भने ।

पछिल्लो समय पार्टी विभाजन हुनुमा सबैभन्दा बढी ओली जिम्मेवार रहेको गौतमले भने। ‘पार्टी विभाजन हुनुमा सबैभन्दा बढी ओली छन्। त्यसपछि प्रचण्ड हुन्’, उनले भने,‘अब हामी पार्टी एक पार्न अगाडि बढेर लाग्नुपर्छ।’

 


प्रतिक्रिया दिनुहोस्