नेपालमा थप १२५ जनामा कोरोना भाइरस

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । नेपालमा २४ घन्टामा थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३१६१ मा पिसिआर परीक्षण गर्दा १२५ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७५० पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा १२३ जना निको भएर फर्किएका छन् । योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७१ हजार ७३३ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्