मिडियाका कार्टुन हेर्न प्रधानमन्त्रीलाई सांसद भुसालको सुझाव

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौ‌ । नेकपा माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सञ्चारमाध्यममा आएका कार्टुन हेर्न सुझाव दिएकी छिन् ।

शुक्रवार बसेको प्रतिनिधिसभाको बैठकमा उनले प्रतिनिधि सभा विघटन सर्वोच्चबाट बदर भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा आफूले गरेको बताइन् ।

‘सारा मिडियाको कार्टुन हेर्‍यो भने के छ, अलिकति आत्मसमीक्षा गर्नुपर्दैन?, भुसालले भनिन्,’प्रधानमन्त्री निकटका साथीहरू छातीमा हात राखेर बिहान योगा हैन योगाका ठाउँमा आत्मसमीक्षा गरौं। नैतिक जिम्मा लिने संस्कृति विकास गरौं। त्यो लोकतन्त्रको अभिन्न अंग हो।’

उनले प्रतिनिधिसभा बैठकमा नेकपा एमालेको केपी ओली पक्षका सांसदहरु उपस्थित भएको भन्दै व्यङ्ग गरिन् । प्रतिगमन ठिक हो भन्ने सांसदहरु पनि बैठकमा उपस्थित भएको उनको भनाइ थियो ।

‘हामी मर्‍यौं। त्यही प्रतिगमन ठिक हो भनेर उपस्थित हुने साथीहरूलाई पनि बधाई भन्न चाहन्छुु, भुसालले भनिन् ।

 


प्रतिक्रिया दिनुहोस्