एनटिभीका महाप्रवन्धकमा बल, न्यूनतम पारिश्रमिक र प्रेस काउन्सिलमा पनि नियुक्ति, ककसले पाए ?

प्रकाशित मिति : असार ३, २०७८ बिहीबार


काठमाडौं । सरकारले नेपाल टेलिभिजनको महाप्रबन्धकमा साहित्यकार तथा कान्तिपुरका पूर्व पत्रकार फूलमान बललाई नियुक्त गरेको छ ।

उक्त पदकालागि दोलखाका रमेश खड्का, नेपाल टेलिभिजनका मनोहरि थापालगायत ४ र अन्य गरी ७ जनाले आवेदन दिएका थिए । सञ्चार मन्त्रालयले बलको नाम एक नम्बरमा राखेर सिफारिश गरेको उच्च स्रोतले बताएको छ ।

त्यसैगरी विज्ञापन बोर्डको अध्यक्षको निम्ति सूचना तथा प्रशारण बिभागका लेखनाथ शर्मा, रमेश खड्का, बलराम उप्रेती,लक्ष्मण हुमागाई, बालकृष्ण बस्नेत, असिम श्रेष्ठ लगायत ८ जनाले आवेदन दिएका छन् ।

यसबीच मन्त्रालयले न्यूनतम पारिश्रमिक निर्धारण समितिमा सबै सदस्य नियुक्त गरेको छ ।

जसअनुसार हुम्लाका नवराज महतारा, गोपाल तिवारी, प्युठानकी विमला पाण्डे, गिरु भण्डारी, ऋषि श्रेष्ठ परेका छन् ।

प्रेस काउन्सिलको रिक्त दश सदस्यमा पनि सरकारले नियुक्ती गरेको छ । जसमा शरद अधिकारी, गणेश पोख्रेल, हरि जोशी, चिरञ्जीवी मास्के, ठाकुर बेल्वासे, लालबाबु शेखसहित रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्