महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । सरकारका कानुनी सल्लाहकार अग्नी खरेलले राजीनामा दिएपछि नयाँ महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त भएका छन्।

राष्ट्रपतिय कार्यलय स्रोतका अनुसार बडाललाई महान्यायाधिवक्ता नियुक्त गरिएको छ। बडालले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको समर्थन गर्दै आएका थिए।

खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि रिक्त स्थानमा प्रधानमन्त्री ओलीले आफू निकट कानुन व्यवसायीलाई नियुक्तिका लागि सिफारिस गरेका हुन।

 


प्रतिक्रिया दिनुहोस्