संसदमा कांग्रेसले माग्यो प्रधानमन्त्रीको राजीनामा

प्रकाशित मिति : असार ४, २०७८ शुक्रबार


काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिकताको प्रश्न उठाउँदै राजीनामाको माग गरेको छ।

शुक्रबारको संसद बैठकमा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले प्रधानमन्त्रीको राजीनामाको माग गरेका हुन।

उनले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक कदम भनेर भनिसकेपछि प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए।

उनले भने–‘सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्छ कि पर्दैन? प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ कि पर्दैन?न्यायपालिकाले सरकारको निर्णयलाई खारेज गरिसकेपछि विधिको शासन मान्छौ, संविधानको पालना गर्छौ भन्ने सरकारले नैतिक उत्तरदायित्व लिनुपर्छ कि पर्दैन रु यो सरकार बनेदेखि नै संविधानमाथि प्रहार गर्दै आएको थियो। लोकतान्त्रिक व्यवस्थामा संसदबाटै सरकार बन्छ, सरकारले नै संसद, संविधानको रक्षा गर्नुपर्नेमा सरकार बनेकै दिनदेखि बिचार अभिव्यक्तिको स्वतन्त्रतालाई यो सरकारले प्रतिबन्ध लगाउने काम सुरु गर्यो।’

उनले अहिलेको सरकार बनेदेखि नै संविधानमाथि प्रहार गर्न थालिएको बताए।

सरकार बनेकै दिनबाट विचार अभिव्यक्तिमाथि प्रहार भएको, माइतीघरमा प्रदर्शन गर्न रोक लगाइएको र त्यसविरुद्ध अदालत जानु परेको उनले स्मरण गरे।

महाअभियोग आउँछ भनेर सदनको बैठक नै अन्तय गर्दिेने? उनको प्रश्न थियो।

उनले माइतीघर मण्डला, रत्नपार्कमा बोल्न समेत प्रतिबन्ध लगाएको र त्यसको लागि सर्वोच्चमा मुद्दा हालेर स्वतन्त्रता फिर्ता ल्याएको बताए । उनले सरकारका मन्त्रीलाई संविधान कतिको पालना गरेको छ छातीमा हात राखेर मूल्याङ्कन गर्न आग्रह गरे


प्रतिक्रिया दिनुहोस्