यी हुन संसदमा सबै भन्दा धेरै दिन अनुपस्थित हुने सांसदहरु

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि बसिरहेको छ। आजको बैठकमा पनि केहि सांसदहरु उपस्थित छैनन्।

संसद सचिवालयका अनुसार संसद बैठकमा लामो समय अनुपस्थित हुने सांसदहरु यसप्रकार छन्। कोष्टकमा अनुपस्थित दिनहरू :

नागेन्द्रकुमार (२५), सूर्यबहादुर केसी (२१), नविना लामा (१९), कलिला खातुन (१७), यसोदा सुवेदी गुरुङ र निर्जला राउत (१४), सुरेन्द्रचन्द्र दास (१३), गणेश ठगुन्ना, महेन्द्रकुमारी लिम्बु र रुही नाज (११)।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको ११ भन्दा बढी बैठकमा अनुपस्थित सांसदहरुको नाम पढेर सुनाएका हुन।

सबैभन्दा धेरै नेपाली कांग्रेसका सांसद नागेन्द्र कुमार २५ बैठकमा अनुपस्थित भएका छन्।

उनले अस्वस्थ भएकाले बैठकमा अनुपस्थित भएको कारण पेश गरेका छन्।

त्यस्तै नेपाली कांग्रेसकै सांसद सूर्यबहादुर केसी २१ बैठकमा अनुपस्थित थिए। अस्वस्थ भएर संसद बैठक आउन नसकेका उनको निधन भइसकेको छ।

नेकपा एमालेकी सांसद नविना लामा १९ बैठकमा अनुपस्थित भएकी छन्, उनले उपचारका लागि भारत गएकाले अनुपस्थित भएको कारण पेश गरेकी छन्।

सांसद कलिला खातुन इद मनाउन जाँदा १७ बैठकमा अनुपस्थित भएकी छन्।

नेकपा माओवादी केन्द्रकी सांसद यसोदा सुवेदी गुरुङ र निर्जला राउत १४ बैठकमा अनुपस्थित देखिएका छन् । अस्वस्थ भएका कारण उनीहरु बैठकमा अनुपस्थित भएको जानकारी दिएका छन्।

त्यसैगरी, सांसद सुरेशचन्द्र दास १३ बैठक, गणेश सिंह ठगुन्ना महेन्द्रकुमारी लिम्बु, रुही नाज ११ बैठकमा अनुपस्थित भएका छन्।

सांसद केदार सिग्देल १० बैठकमा अनुपस्थित भएका छन्। घरायसी कामले आउन नसकेको उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्