महिलालाई जिउँदै खाल्डोमा पुर्ने डोजर चालक पक्राउ

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । डोजरको ठक्करबाट घाइते भएकी महिलालाई जिउँदै खाल्डोमा पुर्ने डोजर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले डोजर चालक दाङ घर भएका भीमबहाुर बुढाथोकीलाई पक्राउ गरेको हो ।

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ सल्यानटारकी ४५ वर्षीया सरस्वती कुमाललाई गत फागुन १७ गते जिउँदै खाल्डोमा पुर्ने चालकलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।

फागुन १७ गते जंगलबाट घाँसको भारी बोकेर घरतर्फ आउँदै गरेकी कुमाल डोजरको ठक्करबाट खाल्डोमा खसेकी थिइन् । तर डोजर चालक बुढाथोकीले उद्दार गर्नुको साटो माथिबाट माटो भरेर खाल्डोमै पुरिदिएका थिए ।

सल्यानटार-आरुघाट सडकखण्डमा गुडिरहेको बसका यात्रुले डोजरले मान्छे पुरेको भन्दै हल्ला गरेपछि महिलालाई खाल्डोमा पुरेर चालक बुढाथोकी त्यहाँबाट भागेका थिए ।

त्यसयता जिल्ला प्रहरी कार्यालय धादिङले घटनाको अनुसन्धानसँगै चालक बुढाथोकीको खोजी शुरु गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्