बाबुरामको नयाँ प्रस्ताव : अब समाजवादीहरु मिल्ने पो होकी!

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनतासमाजवादी पार्टी (जसपा)का नेता डा.बाबुराम भट्टराईले साजवादीहरु अब मिल्नुपर्ने बेला आएको बताएका छन्।

सत्तारुढ दल एमाले विभाजन उन्मुख रहँदा नेता भट्टराईले नयाँ समाजवादी ध्रुवीकरणको प्रस्ताव गरेका हुन।

ट्विटरमा आफ्नो धारणा लेख्दै नेकपाभित्रको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको अधार बन्न सक्ने उल्लेख गरेका छन्।

जनता समाजवादी पार्टीभित्र सहकार्यलाई लिएर अन्तरविरोध सिर्जना भइरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको यस्तो प्रस्ताव आएको हो ।

उनले भनेका छन्,“पुरानोको ध्वंस विना नयकका निर्माण हुन्न–मार्क्सेली दर्शनले भन्छ! नेकपाको अन्तरध्वंस नयाँ समाजवादी शक्ति निर्माणको आधार बन्नसक्छ। अतःफुटेका हॅाडीका टुक्राहरूको डम्फु बजाउनु वा तिनलाई टेपले टाँसेर पुरानै हाँडीका टुक्राहरूको डम्फु बनाउने मिथ्या कोशिश गर्नुसट्टा नयाँ समाजवादी ध्रुवीकरणतिर लाग्ने होकि?”


प्रतिक्रिया दिनुहोस्