महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा

प्रकाशित मिति : असार ९, २०७८ बुधबार


महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा गरेका छन् ।

खरेलले शुक्रवार पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेका हुन् ।

‘सम्माननीय प्रधानमन्त्रीसँग भेटेको छु र मैले आफ्नो पदबाट राजीनामा दिएको छु,’ खरेलले पत्रकार सम्मेलनमा भने ।

तीन वर्षअघि खरेल २६ औं महाधिवक्ताको रुपमा नियुक्त भएका थिए ।

आगामी प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने तयारी स्वरूप खरेलले राजीनामा गरेको स्रोतले बतायो ।

 


प्रतिक्रिया दिनुहोस्