समिट एयरका पाइलट बलात्कार आरोपमा पक्राउ

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । महिलालाई जबर्जस्ती करणी (बलात्कार) गरेको अभियोगमा प्रहरीले समिट एयरका पाइलटलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समिट एयरमा पाइलटका रुपमा कार्यरत रहेका भनिएका बारा घर भएका सञ्जयकुमार साह छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले साह पक्राउ परेका पुष्टि गरेका छन् ।

राजधानी (काठमाडौं) बस्दै आएकी एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

साहले आफूमाथि जबर्जस्ती करणी गरेको भन्दै महिलाले जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका साहलाई हाल कालिमाटीस्थित महिला सेलमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनी काठमाडौंको नरेफाँटमा बस्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्