काठमाडौंको चाल्नाखेलमा २ पुरुषको शव फेला

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाअन्तर्गतको चाल्नाखेलमा २ जना पुरुषको शव फेला परेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक कुमार सिंहका अनुसार अन्दाजी २० र २५ वर्षका पुरुषको शव भेटिएको हो ।

मृत फेला परेका दुवै जनाको मुखबाट फिँज निस्किएको पाइएको भनेर स्थानीय प्रहरीले खबर गरेको एसएसपी सिंहले जानकारी दिए ।

घटनाका विषयमा विस्तृत अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर काठमाडौंबाट एसपी रमेशकुमार बस्नेत नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।


प्रतिक्रिया दिनुहोस्