महान्यायाधीवक्ता खरेलले राजीनामा दिएका हुन् ?

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । महान्यायाधीवक्ता अग्नि खरेलले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

राजीनामाको चर्चा चलिरहेका बेला महान्यायाधीवक्ता खरेलले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

सत्तारुढ नेकपा एमालेका (ओली पक्षीय) एक नेताका अनुसार खरेलले राजीनामा दिइसकेका छन् ।

खरेलले राजीनामाकै विषयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेका हुनसक्ने ती नेताको भनाइ छ ।

महान्यायाधीवक्ता सरकार तथा प्रधानमन्त्रीका मुख्य कानून सल्लाहकार मानिन्छन् ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दायर भएको मुद्दामा महान्यायाधीवक्ता खरेलले समेत प्रतिरक्षामा बहस गरेका थिए ।

तर, संसद विघटनको मुद्दामा सरकारको प्रतिरक्षा गर्न नसकेको तथा, बहस समेत कमजोर देखिएको भन्दै महान्यायाधीवक्ता खरेलप्रति प्रधानमन्त्री असन्तुष्ट रहेका चर्चा चलेको थियो ।


प्रतिक्रिया दिनुहोस्