कांग्रेस नेता जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि उपचार गराइरहेका कांग्रेस नेता जोशीको उपचारमा १० लाख रुपैयाँ सहयोग गर्ने निणर्य गरेको हो ।

नेता जोशीको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार बिहान नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने निणर्य गरेको जानकारी दिएका हुन् ।

जोशीको स्वास्थ्य अवस्था बुझ्न शुक्रबार बिहान अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले अस्पतालमा जोशीका परिवारसँग पनि भेट गरेका छन् ।

गत फागुन १४ गते मस्तिष्कघात भएपछि कांग्रेस नेता जोशीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

अहिले उनको भेन्टिलेटरको सहायतामा सघन उपचार कक्षमा उपचार भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्