सुनको मूल्य घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

प्रकाशित मिति : असार ६, २०७८ आइतबार


काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य ओरालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ ।

तोलामा ५ सय रुपैयाँ घटेसँगै शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय रुपैयाँ भएको छ ।

यस्तै, शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार २ सय ५० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य प्रतितोला ८६ हजार ७ सय ५० रुपैयाँ थियो ।

शुक्रबार चाँदीको मूल्यमा पनि गिरावट आएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ ।

बिहीबार प्रतितोला १ हजार २ सय ९० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार तोलामा १५ रुपैयाँ घटेर १ हजार २ सय ७५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया दिनुहोस्