सिंगटी हाइड्रोको २६ लाख ९७ हजार कित्ता आइपिओ खुल्ला

प्रकाशित मिति : असार ५, २०७८ शनिबार


काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले प्राथमिक शेयर (आइपिओ) निस्कासन तथा बिक्री आजबाट खुला गरेको छ।

कम्पनीले प्रति सेयर एक सय रुपैयाँ अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो।

आइपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीले १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ ।

५८ हजार कित्ता शेयर कर्मचारीहरुका छुट्ट्याइएको छ। बाँकी रहने २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। ​


प्रतिक्रिया दिनुहोस्