नेपाल-खनाल पक्षको महिला संघको राष्ट्रिय भेला आजबाट शुरु

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । नेकपा एमालेको नेपाल-खनाल पक्षले अखिल नेपाल महिला संघको राष्ट्रिय भेला आयोजना गरेको छ।

महिला संघको भेलामा देशभरबाट एक हजार कार्यकर्ता उपस्थित हुने जनाइएको छ ।

भेलाको उद्घाटन नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गर्ने कार्यक्रम रहेको छ ।

पार्टीभित्र विकिसत घटनाक्रमबारे महिलाहरुलाई जानकारी दिने उद्देश्यले भेला आयोजना गरिएको शाक्यको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्