गाउँपालिका वडाध्यक्ष परस्त्रीसँग होटलबाट रंगेहात होटलमा भेटिए

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


बैतडी । दोगडाकेदार गाउँपालिका–७ का वडा अध्यक्ष भरत महरा खोचलेकको एक होटलबाट महिलासँग शंकास्पद रुपमा भेटिएका छन् ।

महरा र महिलालाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

दुवैजनालाई बिहीबार राति ३ बजे होटलबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । उनीहरु एउटै कोठामा रहेको भन्ने वडा अध्यक्षकी श्रीमतीले प्रहरीलाई खबर गरेकी हुन् ।

शंकास्पद रुपमा भेटिएका दुवैजनालाई सदरमुकाम ल्याइन लागिएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए। ‘दुवैजनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘जिल्ला ल्याइँदंछ, थप बुझ्छौं । अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन। पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्ने छ।’

वडाअध्यक्ष महरा नेकपा एमालेबाट स्थानीय तहको निर्वाचनमा निर्वाचित हुन् ।


प्रतिक्रिया दिनुहोस्