काेराेना महामारीः महारष्ट्मा यातायात बन्द फ्रान्समा लकडाउन

प्रकाशित मिति : असार ७, २०७८ सोमबार


काठमाडौं । भारतमा कोरोनाभाइरसको महामारी फेरि बढ्न थालेको छ । संक्रमण बढ्न थालेपछि महाराष्ट्रमा सरकारले लामो दूरीको बस सेवा बन्द गराएको छ ।

महाराष्ट्रबाट अन्य राज्यमा जाने र अन्य राज्यबाट महाराष्ट्रमा आउने सबै बस अनिश्चितकालका लागि बन्द गरिएको छ । २० देखि ३० मार्चसम्म यस चरणको यातायात बन्दको घोषणा लागु हुने उल्लेख गरिएको छ ।

सबैभन्दा बढी कोभिडका बिरामी भएको राज्य महाराष्ट्रमा नयाँ संक्रमित मात्रै २५ हजार ८ सय ३३ भेटिएका छन् । भने मृत्यु हुनेको संख्या ५३ हजार १ सय ३८ पुगेको छ ।

यसमध्ये ५८ नयाँ मृत्यु भएको हो । भारतका विभिन्न स्थानमा कोभिडको असर कम भइरहँदा महाराष्ट्रमा यसको असर ह्वात्तै बढेपछि उच्च शतर्कता अपनाइएको छ ।

यसैबीच फ्रान्समा कोरोना भाइरसको तेस्रो लहर सुरु भएपछि राजधानी पेरिसमा एक महिनाको लकडाउन घोषणा गरिएको छ।पेरिससँगै देशका अन्य १५ शहरमा पनि शुक्रबार मध्यरातबाट लकडाउन लागू हुने छ।

फ्रान्सका प्रधानमन्त्री जीन केसटेक्सले अहिलेको लकडाउनमा पहिलेको जस्तो कडा प्रतिबन्ध भने नरहने बताएका छन्। फ्रान्समा बितेको २४ घण्टामा कोरोना भाइरसका ३५ हजार नयाँ संक्रमित फेला परेका छन्।


प्रतिक्रिया दिनुहोस्