टोकियो क्षेत्रमा लगाइएको सङ्कटकाल हटाउन विज्ञको सुझाव

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडौं । जापानको राजधानी टोकियो क्षेत्रमा लगाइएको सङ्कटकाल अन्त्य गर्न विज्ञहरूले सुझाव दिएका छन् । विज्ञहरुले कोरोना महामारीको पछिल्लो अबस्था हरेरे सङ्कटकाल हटाउन उपयुक्त हुने सुझाव दिएका हुन् ।

विज्ञहरुको निष्कर्ष र सिफारिसका आधारमा जापानी प्रधानमन्त्रीले आइतबारदेखि लागु हुनेगरी सङ्कटकाल अन्त्य भएको घोषणा गर्ने तयारी भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

‘रोग सङ्क्रमणसम्वन्धी विज्ञ, सरकारी अधिकारी र सरोकारवालाहरुले महामारीको पछिल्लो अवस्थालाई विश्लेषण गरेर सङ्कटकाल हटाउनु उपयुक्त हुने सुझाव दिएका छन्, त्यसैले सरकार सङ्कटकाल अन्त्य गर्ने निश्कर्षमा पुगेको छ,’ कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन प्रुमख मन्त्री यासुतोशी निशिमुराले भने।


प्रतिक्रिया दिनुहोस्