कस्तो रहला आज दिनभरको मौसम ?

प्रकाशित मिति : असार २, २०७८ बुधबार


काठमाडाैं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले बताएकाे छ।

हाल देशको पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागहरुमा आंशिक बदली रहेको महाशाखाकाे भनाइ छ।

शुक्रवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक वा दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।


प्रतिक्रिया दिनुहोस्