कुवेतमा नेपाली महिला कामदारको मृत्यु

प्रकाशित मिति : जेष्ठ ३१, २०७८ सोमबार


काठमाडौं । कुवेतबाट एक नेपाली महिलाको निधन भएको छ।

स्वदेश फर्कनका लागि डिपोर्टेसन सेन्टरमा रहेकी ताप्लेजुङ, साँघुकी ४४ वर्षीया देवीमाया लिम्बूको मृत्यु भएको छ।

कुवेतस्थित नेपाली दूतावासका अनुसार स्थानीय फरबानिया अस्पतालमा उपचार क्रममा उनको मृत्यु भएको हो।

डिपोर्टेसन सेन्टरभित्र रहँदा बिरामी देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उनको उपचारकैक्रममा मृत्यु भएको हो।

अढाई वर्षअघि घरेलु कामदारका लागि कुवेत पुगेकी उनी पछिल्लो समय गैरकानुनी हैसियतमा बस्न बाध्य थिइन्।

कुवेत पुगेपछि उनका श्रीमान्को मृत्यु भएको थियो । उनका दुई छोरा र एक छोरी छन्।


प्रतिक्रिया दिनुहोस्