आज राति बर्षाको सम्भावना, यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

प्रकाशित मिति : असार १०, २०७८ बिहीबार


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज रातिदेखि नै देशका पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै २४ घण्टे चेतावनी जारी गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली हुनेछ भने पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

यसैगरी भोलि शुक्रबार दिउँसो पनि देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली हुनेछ।

हाल देशको पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रही बाँकी भू(भागहरुमा आंशिक बदली रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०५ गते (बिहिबार)

राती : देशभर आंशिक देखी सामान्य बदली रहि पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

चैत्र ०६ गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखी सामान्य बदली रहि पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशभर आंशिक देखी सामान्य बदली रहि पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

चैत्र ०७ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखी सामान्य बदली रहि पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राती : देशको पहाडी भू-भागहरुमा आंशिक रहनेछ। प्रदेश १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 


प्रतिक्रिया दिनुहोस्