बलात्कार प्रयासको आरोपमा पाइलट पक्राउ

प्रकाशित मिति : जेष्ठ ३०, २०७८ आइतबार


काठमाडौं । प्रहरीले बलात्कार प्रयासको आरोपमा एक पाइलटलाई नियन्त्रणमा लिएको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीमा रहेको महिला सेलले पाइलटलाई पक्राउ गरेको हो।

पाइलटले गत फागुन २५ गते ३७ वर्षीया एक महिलालाई कोटेश्वर स्थित आफ्नो कोठामा बोलाई बलात्कार प्रयास गरेको उजुरी परेपछि पक्राउ गरिएको कालिमाटी प्रहरीले जनाएको छ।

लेनदेनको विषयमा विवाद भएपछि आफूलाई फसाउन महिलाले प्रहरीमा उजुरी दिएको दाबी पाइलट साहको छ।

 


प्रतिक्रिया दिनुहोस्